चोरीका गाडीको पाटपुर्जा विक्री गरेको अभियोगमा मुसे डन पक्राउ

museभरतपुर ।  वीरेन्द्र बहुमुखी क्याम्पसका सहप्रशासक राजेन्द्रराज पोखरेललाई कुटपिट गरेको अभियोगमा पक्राउ परेको चार घण्टामै राजनीतिक दवाबमा छुटेका गुण्डा नाइके बचन कार्की ‘मुसे’लाई चितवन प्रहरीले फेरी पक्राउ गरेको छ । मुसेलाई भन्सार छली चितवनमा भित्रिएका चोरीका गाडीको पाटपुर्जा विक्री गरेर कमिसन खाएको आरोपमा  प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।  प्रहरीले थप तीन जनालाई पनि पक्राउ गरेको छ ।

 चितवन प्रहरीले उनका मामा फडिन्द्र भण्डारीको रिकन्डिसन हाउसमा छापा मार्दा विल नभएका स्यान्ट्रो र बोलेरो गाडीका पाटपुर्जा बरामद गरेको थियो । भण्डारीले भने यसमा आफ्नो संलग्नता नरहेको वताएका छन् ।

 अर्कोतिर,चोरी र तस्करीका ‘मास्टर माइन्ड’ दिपेन्द्र श्रेष्ठ 'दीपु'लाई भने जिल्लाकै डिसएसपी र केही बदनाम घुमुवा प्रहरीले संरक्षण दिंदै आएका कारण चितवनका एसपी दिपक थापालाई गिरोहमाथि कारवाही गर्न कठिनाइ भएको चितवन प्रहरी स्रोत वताउँछ। चोरीका बाइक समात्ने वहानामा  केही दिन अघि दीपुले जिल्लाकै घुमुवा प्रहरीलाई विरगन्ज घुमाउन लगेका थिए ।

 दीपुलाई गैंडाकोटका इन्सपेक्टर सुवास हमालले पनि संरक्षण दिंदै आएका छन् । गत साता दीपुकै डिजाइनमा धनबहादुर योञ्जन भन्ने माओवादीका कार्यकर्तालाई पक्राउ गरी दुई दिन सम्म राखेर  उनीवाट केही नखुलेपछी जिल्ला प्रहरी कार्यालय चितवन पठाएका थिए । यो दीपुलाई जोगाउन रचिएको खेल भएको पुस्टि भैसकेको छ ।

 किनकी दीपु र योञ्जन पहिला संगै काम गरेर पछि अलग भएको प्रहरी नै बताउँछन् । गैंडाकोटमा दिनहु मोटरसाइकल चोरीका घटना बढ्दै गएपनि हमालले अहिलेसम्म कुनै पनि अभियुक्त पक्राउ गर्न सकेका छैनन । किनकी चोरीका अधिकांस घटनामा कुनै न कुनै रुपमा दीपुकै संलग्नता हुने गरेको छ ।  चोर समात्न नसक्ने अनि मिडियामा किन दीपुको समाचार चुहाएको भन्दै दीपुका दुश्मनलाई पक्राउ गरी हमालले  फसाउने अभियान नै चलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित