प्रतिनिधिसभा सांसद आले र राईले लिए सपथ

Prem_Rai

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरू प्रेम आले र माया राईले मंगलवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यसअघि प्रतिनिधिसभामा शपथ ग्रहण गर्न छुटेका उनीहरूले आज (मंगलवार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

उनीहरूलाई प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमसेर राणाले शपथ गराएका थिए । सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानून समितिको हलमा राणाले सांसदद्वयलाई शपथ गराएका थिए । 

यसअघि पुस ७ गते भएको शपथ ग्रहण कार्यक्रममा आले मृत्युसंस्कारमा बसिरहेका थिए भने राई भने सुत्केरी भएका कारण अनुपस्थित थिइन् ।

प्रतिक्रिया

सम्बन्धित