युवा संघ रुपन्देहीका अध्यक्षमाथि गोली प्रहार

 pesबुटवल ।  युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानेर हत्या भएको छ । तिवारीलाई देवदह बजारस्थित घर नजिकै एक व्यक्तिले गोली हानेका हुन् । गोली हानेको आरोप लागेका मनोज राना प्रहरीको नियन्त्रणमा छन् ।

 रातो पल्सर मोटरसाइकल चढेर आएका गोली चलाउने रानाले प्रहरी समक्ष आत्मसमर्पण गरेको बताइए पनि त्यसको अधिकारिक जानकारी प्रहरीले दिएको छैन ।

 रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार भएका थिए । गोली लागेर घाइते तिवारीलार्इ देवदह मेडिकल कलेजमा लगिएको थियो ।

 रुपन्देही प्रहरीका एसपी रविन्द्र धानुकले गोली हान्ने समूहको पहिचान नभएको र खोजी कार्यलाई तिव्रता दिइएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित