बिश्व प्रसिद्ध ब्रान्ड केलमिको(KELME) शोरुम अब भक्तपुरको राधे राधेमा 

FINAL

भक्तपुर ।

बिश्व प्रसिद्ध ब्रान्ड केलमि  (KELME )को शोरुम भक्तपुरको राधे राधेमा संचालनमा आएको छ । अन्तराष्ट्रिय स्पेनिस ब्रान्ड केलमि  (KELME )को आउटलेट आजबाट औपचारिकरुपमा भक्तपुरको राधे राधे , सिद्धार्थ बैकसँगै संचालनमा आएको आउटलेट संचालक ब्यबसायी इश्वर गुवाजुले बताए । पछिल्लो समय ब्यबसायिक हबका रुपमा बिकासहुँदै गएको भक्तपुरको राधे राधेमा केलमि (KELME )को आउटलेट संचालनमा आएसँगै बिश्वबिख्यात स्पेनिस ब्रान्डका कपडा तथा अन्य सामाग्रीहरु अब भक्तपुरमै पाइने भएको छ ।

सिन्धुपाल्चोको जिल्ला जुगल गाउँपालिकाका स्थानिय इश्वर गुवाजुले उक्त आउटलेट संचालनमा गरेका हुन् । सामाजिक कार्यमा समेत क्रियाशील युवा ब्याबसायिक गुवाजु बिभिन्न सामाग्रीहरु आयात तथा निर्यात लगाएतका व्यवसायी गर्दै आएका छन् भने उनी सिन्धुपाल्चोकका सफल ब्यबसायीका रुपमा परिचित समेत छन् ।

 

प्रतिक्रिया

सम्बन्धित