अवैध तरिकाले नियुक्त भएका डिनलाई तत्काल हटाउन माग

agrawal-1काठमाडौं। त्रिभुवन विश्वविद्यायल चिकित्साशास्त्र अध्ययन संस्थानमा नियुक्त भएका डिन प्राध्यापक डा. जेपी अग्रवालका विरुद्ध त्यहा कार्यरत प्राध्यापकहरु नै आन्दोलनमा उत्रेका छन् । त्रिवि नियम कानून र विरिष्ठताका आधारमा नियुक्त भएका प्रा डा.केशव प्रसाद सिंह(केपी सिंह)लाई हटाइ अग्रवाललाई नियुक्त गरेको भन्दा आन्दोदलनमा उत्रेको आन्दोलनका संयोजक प्रा.डा सुरेश उप्रेतीले बताएका छन् ।

राजनीतिक दवाबका कारण डा.केपी सिंहलाई राजीनामा गर्न बाध्य पारिएकोप्रति त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान बचाऊ संघर्ष समिति नै गठन गरि आन्दोलन गरिरहेका छन् ।

आइतबार त्रिविमा भइरहेको आन्दोलन र प्राध्यापकहरुको मागका विषयमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले शिक्षा मन्त्री धनीराम पौडेललाई ज्ञापनपत्र समेत बुझाएको संघर्ष समितिका संयोजक डा. उप्रेतीले जानकारी दिएका छन् ।

डा. गोविन्द केसीको व्यक्तिगत रवैयाका कारण त्रिवि शिक्षण अस्पताल तहसनस भएको र डिन नियुक्तका लागि त्रिभुवन विश्वविद्यायल चिकित्साशास्त्र अध्ययन संस्थानको रातो किताबले तय गरेका मापदण्ड नै पूरा नगरि डिन नियुक्ती गरेको विरुद्धमा मंसिर १८ गतेदेखि गरिएको डिन कार्यालयको तालाबन्दीलाई निरन्तरता दिने उनीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित