होटल व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा दिनेश चुके ,महासचिवमा शंकर भण्डारी निर्बाचित

Shankar Bhandari 1
चितवन ।
होटल व्यवसायी महासंघ नेपालको १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशले चितवनका दिनेशकुमार चुकेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन समेत गरेको छ । महाधिवेशबाट सर्बसम्मत रुपमा महासचिवमा चितवनका शंकर भण्डारी चयन भएका छन् । चितवनको भरतपुरमा भएको १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट भण्डारी महासचिवमा सर्वसम्मत चयन भएका हुन् ।

प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष समेत रहेका भण्डारी विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियाशील छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार महासँघका कोषाध्यक्ष समेत रहेका भण्डारीको नेतृत्वमा संचालित प्रेसिडेन्ट बिजनेस ग्रुप उपत्यकाको बिभिन्न स्थानसँगै उपत्यका बाहिर समेत शाखा संचालन गर्दै आएको छ ।

त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, प्रशासन ९संगठन० उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती चयन भएका छन् । उपाध्यक्षमा भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की र देवी गौतम चयन भएका छन् । यस्तै, महिला उपाध्यक्षमा धनादेवी चोखाल, र उपमहासचिवमा राजेश मलहोत्रा सर्वसम्मत चयन भएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित