हङकङमा चरेश पठाउने गिरोहको जालो खोतल्दै एनसीबी

sukutiकाठमाडौ‌। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मासुको सुकुटी भित्र लुकाएर ल्याएको चरेशसहित दुई जनालाई लागुऔषध नियनत्रण ब्यूरो (एनसीबी)ले पक्राउ गरेको छ । लागुऔषध नियनत्रण ब्यूरो एनसीबीले हङकङ जान लागेका पर्वत डाँडाकटेराका अबिर शेर्पा मगर र कास्की घान्द्रुकका नरमान गुरुङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

मगर र गुरुङले सुटकेश भित्र कपडा र धुपहरुसँगै कपडा र प्लाष्टिकका पोकामा रहेको मासुको सुकुटीमा चरेश मिसाएर लगेको एनसीबीले जनाएको छ ।

मासुको सुकुटी भित्र चरेशका क्याप्सुललाई प्लाष्टिक कोडेट गरेर लुकाइएको थियो । ब्यूरोका प्रमुख डिअाइजी जयवहादुर चन्दले मासुको सुकुटी भित्र लुकाएर चरेशको धन्दा गर्ने गिरोहको जालो चांडै नै  तोडिने उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित