गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

Rabi-lamichane home mimister
काठमाडौं ।
सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ ।

शुक्रबार बसेको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशकुमार राउतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

तर, नागरिकतासम्बन्धी मुद्दालाई अग्राधिकार दिएर सुनुवाइ गर्ने भनिएको छ । योसँगै गृहमन्त्री लामिछानेको सांसद पद यथावत रहने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित