प्याब्सनको ३२औँ स्थापना दिवस , बिभिन्न कार्यक्रम गरि मनाइँदै

Pabson logo
काठमडौ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले ३२ औँ स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाउँदै छ । हरेक वर्ष पुस २२, २३ र २४ गते देशव्यापी रुपमा प्याब्सनले स्थापना दिवस मनाउँदै आएको छ ।

त्यस्तै प्याब्सनको ३२ औँ स्थापना दिवस पारेर प्याब्सन ललितपुर जिल्ला कार्यसमिति अध्यक्ष निरोज महर्जनले सदस्य बिद्यालयका संस्थापक, प्रिन्सिपल तथा निर्देशकहरुलाई बिद्यालयहरुको उन्नति प्रगतिको शुभकामना ब्यक्त गर्दै बिभिन्न कार्यक्रम गरि प्याबसन स्थापना दिबस मनाउन अनुरोध गरेका छन् ।

महर्जनले केन्द्रीय प्याब्सनले परिपत्र अनुसार सदस्य बिद्यालयहरुले आ- आफ्नो बिद्यालयमा बिबिध कार्यक्रमको आयोजना गर्न र बेलुका बिद्यालयमा दीपावली गर्ने कार्यक्रमको आयोजना गर्नु हुन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित