आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली

Mousam-1.2022-11-07-06-11-51
काठमाडौं ।

तराईमा हुस्सु र कुहिरो लागेको छ । मध्य तराईमा शीतलहर पनि चलिरहेको अवस्था छ । मौसम पूर्वानुमान महाशाखाका अनुसारपश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएको हो ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित