भ्रष्टाचारको सवालमा ‘जीरो टोलरेन्स’ नीति अपनाउँछौंः एमाले अध्यक्ष ओली

KP-S-oli2022-10-12-07-10-55
काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका लागि काम गर्न सबैलाई साथमा आउन आग्रह गरेका छन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि जीरो टोलरेन्सको नीति अवलम्बन गर्न आग्रह गरेका छन् ।

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले सांसद र नेताले गोटी चाल्न समय बिताउँदा काम गर्न नसकिने बताए । उनले भने, ‘सांसद नेताको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने कहिले काम गर्ने ?  कहिले के गर्ने ?’

ओलीले अगाडि भने, ‘गोटी चालाचाल होइन, काम गरौं । म सबै दलहरुलाई आग्रह गर्छु, सकारात्मक भएर काम गरौं । बन्न पाएको छैन, बिगार्ने खेल तिर लाग्यौं भने समयको बर्बाद हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित