प्रचण्डलाई विश्वासको मत दिन देउवाको प्रस्ताव

prachanda_deuba
काठमाडौं .
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् ।

मंगलबार बिहान आफ्नै निवास धुम्बाराहीमा बसेको बैठकमा देउवाले विश्वासको मत दिनु पर्ने बताएका थिए । तर कांग्रेसका पदाधिकारीबीच एक मत हुन सकेन ।

विश्वासको मत दिन नहुने मत राखेका नेताहरुले यसबारे केन्द्रीय समितिले निर्णय गर्नु पर्ने माग गरेका थिए ।

तत्कालै केन्द्रीय समिति बैठक बस्न असंभव भएकाले कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।

कांग्रेसको कार्यसम्पादन समितिलाई केन्द्रीय समितिले लिने निर्णय गर्ने अधिकार छ । बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘केन्द्रीय समितिबाट अनुमोदन गर्ने गरी अब कार्य सम्पादन समितिबाट निर्णय गर्छौं ।’

 

प्रतिक्रिया

सम्बन्धित