छात्रवृत्ति दिलाईदिन्छु भन्दै रकम ठगी गर्ने सन्तोष मण्डल पक्राउ

Santosh-Mandal
काठमाडौं, ।
छात्रवृत्ति दिलाई दिन्छु भन्दै नगद ८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा सिरहा कल्याणपुर नगरपालिका(१० घर भई काठमाडौं बानेश्वर बस्ने २७ वर्षीय सन्तोष मण्डललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इन्डो ग्लोबल कन्सलटेन्सी बागबजारको संचालक हुँ भन्दै भारतमा छात्रवृत्तिमा इन्जिनियरिङ शिक्षाको लागि दिल्ली टेक्नोलोजीकल युनिभर्सिटिमा भर्ना गराईदिन्छु भन्दै पीडितबाट उक्त नगद लिई ठगी गरेको खुल्न आएको छ ।

ठगी गर्ने मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(३१ मिनभवनबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित