सङ्खुवासभामा हेलिकप्टर प्रहरीको नियन्त्रणमा


Heli-copterकाठमाडौँ ।
सङ्खुवासभामा निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले अल्टिच्युड एयरको हेलिकप्टर नियन्त्रणमा लिएको छ । सङ्खुवासभाको भोट खोला गाउँपालिकामा करिब १ घण्टा होल्ड गरेर सुरक्षा अधिकारीहरूले हेलिकप्टर काठमाडौँ तर्फ फिर्ता पठाएका छन् ।

अनुमति लिएको रुट भन्दा बाहिर गएको हुनाले कारवाहीका लागि गृह मन्त्रालयमा लेखेर पठाएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले बताए ।

भोट खोला निषेधित क्षेत्र भएको हुनाले अनुमति लिएर र खाँदवारिमा चेकजाँच गराएर जानुपर्नेमा सोझै गएको स्थानीय प्रशासनको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित