पोखरा बाहेकका मुलुकका सबै आन्तरिक गन्तव्यतर्फका उडान प्रभावित

Airport Domastic Parking
काठमाडौं।
पश्चिमी न्यून चापीय प्रणालीका बिकास भएको मौसमी प्रतिकूलताका कारण बुधबार बिहानैदेखि पोखरा बाहेकका मुलुकका सबै आन्तरिक गन्तव्यतर्फका उडान प्रभावित भएको छ। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बाक्लो हुस्सुका कारण तराई क्षेत्रका अधिकांश विमानस्थल खुल्न नसकेकाले उडान प्रभावित छ।


आज आन्तरिकतर्फ २ सय २६ उडान अवतरणको तालिका छ। मौसमी प्रतिकूलताका कारण मंगलबार बुद्ध, यती, श्री, गुण, सौर्य लगायत वायुसेवाको क्रमशः ३३, १४, १०, १, ३ वटा उडान रद्द भएका थिए।

यी वायुसेवाको विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, पोखरा लगायत गन्तव्यतर्फका उडान रद्द भएक विमानस्थल कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित