१२ वर्षे बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Pakrau

ललितपुर।
ललितपुरमा बालिका बलात्कारको अभियोगमा एकजना ब्यक्ती पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर गाईघाट नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई पुस २५ गते सोमबार बिहान प्रहरीले पक्राउ गरेको बताएको छ ।

राईले ती बालिकालाई पुस २२ गते शुक्रबार आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित