२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

Gold
काठमाडौँ ।
सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ९ सय रुपैयाँ तोकिएको हो । अघिल्लो दिन तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित