मनोमानी ढंगलले अगाडि नबढ्न महरलाई चेतावनी

nainsinghmकाठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरुले सदस्यभन्दा बाहिरको व्यक्तिलाई प्रेस संयोजक र वैदेशिक मामिला सल्लाहकारमा नियुक्ति गरेकोमा अध्यक्षसामू आपत्ति जनाएका छन् । संघका अध्यक्ष नैनसिंह महरलाई बिहीबार भेटेर  सदस्यहरुले नेतृत्व मनोमानी ढंगलले अगाडि नबढ्न चेतावनीसमेत भेटमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए। उनीहरुले संघको नियमावलीमा पदाधिकारी र सदस्यहरुको काम, कर्तब्य र अधिकारबारे स्पष्ट उल्लेख हुनुपर्ने तथा विभाग गठन गर्दा सम्बन्धित क्षेत्रको ज्ञान भएका सदस्यहरुलाई राख्नु पर्ने बताए । साथै उनीहरुले नियमावली सुझाव समितिमा समेत केन्द्रीय समितिको प्रतिनिधित्व हुनुपर्ने धारणा राखेको भेटमा सहभागी एक सदस्यले बताए । उनीहरुले केन्द्रीय समितीबाट हरेक निर्णयहरु पारित गर्नु पर्ने लगायतका माग अध्यक्ष सामू राखेका थिए।

भेटमा केन्द्रीय सदस्यहरु शैलेन्द्र गौडेल, सुशील भट्ट, प्रेम शाही, लक्ष्मण पन्थीलगायत २५ जना सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित