उपप्रधानमन्त्री श्रेष्ठले गरे उपत्यकाका सडक निरीक्षण

Narayan kaji
काठमाडौँ ।
उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले खाल्डाखुल्डी भएका ठाउँमा तत्काल मर्मत गरिने र अन्य समस्याका कारण मर्मत गर्न नसकिने ठाउँमा सम्बन्धित निकायसँग समन्वयमा मर्मत गरिने बताएका छन् । काठमाडौँ उपत्यकाका विभिन्न सडकको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले खानेपानीको पाइप बनाउनुपर्ने, ढल निर्माण गर्नुपर्ने वा अहिले जमिनमुनि तार बिछाइरहेका ठाउँमा ती काम सकिएपछि मात्रै सडक राम्रो अवस्थाको बन्नसक्ने देखिएको बताए ।

निरीक्षणका क्रममा सडकको अवस्था सन्तोषजनक नभएको र आमनागरिकले समस्या भोग्नुपरेको देखिएको उनले बताए। अहिले सडक धुलाम्मे अवस्थाका कारण सवारी चालक, पैदलयात्रु र सडक नजिक व्यवसाय गरिरहेका सबलाई असर गरेको उनी भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित