पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव

hussu

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ। तराईका थोरै भू–भागहरूमा  हुस्सु कुहिरो लागेको अवस्था छ।

शनिबार कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार पनि कर्णाली  प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  सोमवार भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली पहाडी भू–भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित