भन्सार छलि ल्याएको ४१ थान मोबाइल सहित दुई जना पक्राउ

Pakrau_1
काठमाडौं।
भन्सार छलि लुकाई छिपाई ल्याएको अन्दाजी २ लाख ८७ हजार रूपैयाँ बराबरको मोबाइल ४१ थान सहित भारत घर भएका ३७ वर्षीय दिलिप पवार समेत २ जनालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट पुस २९ शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २८९९ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरुलाई उक्त मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित