निर्वाचनको मौकामा मेयरको गाडीमा सुन तस्करी, प्रहरीले घटनालाई गुपचुप बनायो

सिन्धुपाल्चोक । निर्वाचनको समयमा सरकारले निर्वाचन हुने जिल्लासँग जोडिका सबै नाकाहरु बन्द गर्छ । तर, सिन्धुपाल्चोकमा भने त्यस्तो हुन सकेन ।

चुनाव प्रचार प्रसारका लागि भनेर सञ्चालन गरिएको गाडीले प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो निर्वाचनको समयमा चीनबाट तस्करी गरि ल्याइएको एक हजार किलो सुन नेपाल भित्र्याएको रहस्य खुलेको छ ।

रसुवाको केरुङ नाकाबाट अत्याधिक मात्रामा सुन तस्करी भएपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । त्यसैले पनि केरुङ नाका हुँदै सुन तस्करी गर्ने तस्करहरु यतिबेला २०७२ सालपछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाकातिर सरेका छन् । तातोपानी नाकाबाट गत हप्ता मात्र पटक–पटक गरी एक हजार किलो सुन तस्करी भएको खुलेको हो । सुन तस्करीमा संलग्न नेपाली र चिनियाँ व्यापारीबीच मनमुटाव भएपछि यो तत्थ्य बाहिर आएको हो ।

अघिल्लो साता सुन तस्करी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बाह्रविसेले सिल्भर कलरको बा१३च १४०८ नम्बरको फर्चुनर गाडी पक्राउ गरेपछि यो रहस्य खुलेको हो । तर, प्रहरीले भने यो घटना गुपचुप राखेको छ । प्रहरीले ३० केजी सुन बरामद गरेको थियो । गाडी पक्राउ परे लगत्तै गाडी मालिकले प्रहरीलाई नै आर्थिक प्रभावमा पारी गाडी र सुन छुटाइसकेका छन् ।

इप्रका बाह्रविसेका प्रमुख इन्सपेक्टर पञ्चकुमार बख्खुले १२ पिस सुन लिएर गाडी छाडेको स्रोतको दावी छ । उनले प्रदेश नम्बर तीनका एआईजी र सिन्धुपाल्चोकका प्रहरी प्रमुखलाई बुझाउनु पर्ने भन्दै १२ किलो सुन लिएको स्रोतले बतायो । गाडी मालिकले चिनियाँ व्यापारीलाई सुन प्रहरीले पक्राउ गरेको र ३० पिस दिएर छुटाएको बताएपछि चिनियाँ व्यापारी गाडी मालिकसँग रुष्ट बनेका छन् । चुनावको मौकामा पार्टीको झण्डा हल्लाउँदै हिंडेको गाडीमा चेक जाँच नभएको हुँदा सुन तस्करी बढेको हो ।सिन्धुपाल्चोकमा पहिलो चरणमा १० गते निर्वाचन सम्पन्न भएको छ । सोही निर्वाचनको मौकामा प्रहरीकै संलग्नतामा धेरै मात्रामा सुन तस्करी भएको बुझिएको छ । सबैको ध्यान निर्वाचनमा केन्द्रित भएको बेला तस्कहरुले सजिलै सुन नेपाल भित्र्याइरहेका छन् । स्रोतका अनुसार उक्त गाडी बाह्रविसे नगरपालिकाका मेयर निमफुच्चु शेर्पाको हो । यस अघि प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेल १५ किलो सुन तस्करीका नाइके भन्दै मुद्दा चलाएको छ । पौडेल भने अझै फरार रहेका छन् ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ 

प्रतिक्रिया

सम्बन्धित