डीआइजी बढुवामा ३२ वर्षे स्वार्थ ?

policeकाठमाडौं । नेपाल प्रहरीमा रिक्त डिआईजी पदमा आईजीपी उपेन्द्रकान्त अर्याल र गृहमन्त्री विमलेन्द्र निधीको स्वार्थ एकआपसमा नमिल्दा एसएसपीहरुको बढुवा प्रक्रिया अन्यौलमा परेको छ । एसएसपीहरु लब बिष्ट, रमेशकुमार भट्टराई, गणेश केसी र केदारमानसिंह भण्डारी डीआइजीमा बढुवा नभए पुस १६ बाट पदावधिका हिसाबले अवकाश पाउनेछन् । डीआइजी गोपालप्रसाद भण्डारी भने निलम्बनकै समयमा अवकाश पाइसकेका छन् । पुस ६ गते डीआइजी केशव अधिकारी र हेमन्त मल्ल ठकुरी पाँच बर्षे पदावधिका कारण अवकाश हुँदैछन् ।

   तीन डीआइजी पदमा आइजीपी अर्यालले बरिष्ठताका आधारमा लब बिष्ट, गणेश केसी, केदारमानसिंह भण्डारीलाई बढुवा गर्ने तयारी गरेपनि बरियतामा दोस्रोमा रहेका रमेशकुमार भट्टराईलाई डीआइजी बढुवा गर्नुपर्ने गृहमन्त्री निधीको अडानका कारण बढुवा प्रक्रिया अन्यौलमा छ । भट्टराई प्रहरीमा बद्नाम अधिकारीका रुपमा चिनिन्छिन् ।

 त्यसो त आईजीपी अर्यालले मन पराएका एसएसपी गणेश केसी भने बढुवा हुनु अघि नै ३२ वर्षे खेलमा जुटिसकेका छन् । पूर्व गृहमन्त्री बामदेव गौतमका नजिकका एसएसपी केसीले नवराज सिलवाल, जयबहादुर चन्द र प्रकाश अर्यालमध्ये एक आईजीपी हुनु अघि नै डिआईजीमा बढुवा भई ३० वर्षे सेवाअवधि हटाउने खेलमा जुटेका कारण गृहमन्त्री निधी रुष्ट बनेका छन् ।

 अहिले केसी डिआईजीमा पहिलो नम्बरमा बढुवा भई ३० वर्षे सेवाअवधि हटाएर ३२ वर्ष पु-याई आफू आईजीपी बन्ने सपना बोकेर हिंडेका छन् । तर, यो भने कुनै हालतमा पनि संभव नहुने देखिन्छ । केसीको समूह डिआईजीमा बढुवा नभए एसएसपी सर्वेन्द खनालको व्याजी स्वतः डिआईजीमा बढुवा हुनेछन् । गृहमन्त्रालय स्रोतका अनुसार डिआईजीमा बढुवा भए पनि छोटो समय मात्र काम गर्न पाउने हुनाले गृहमन्त्री निधी केसीको समूहलाई बढुवा गर्न चाहन्नन् ।

 डीआइजीको एक पद रिक्त भइसकेको र दुई पद पुस ६ गते रिक्त हुँदैछ । त्यसैगरी मंसिर २९ गते एसएसपीहरु विक्रमसिंह थापा, भूपाल भण्डारी, उत्तमबहादुर सिंह र योगेश्वर रोमखामीले अवकाश पाएका छन् । अवकाससँगै प्रहरीमा अब थप चार एसएसपी पद रिक्त भएका छन् । आज मंसिर ३० गते ३० बर्षे सेवावधिका कारण एसपीहरु प्रेम मल्ल, स्थानेश्वर रेग्मी, इश्वरी चापागाई, जगतमान श्रेष्ठ, गोविन्दराम दमाई लगायतले पाउँदैछन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित