प्रहरीको आडमा चोरीको गाडी र मोटरसाइकल तस्करी

chori-newsचितवन । मंसिरको पहिलो साता विशेष सूचनाका आधारमा मध्य क्षत्रीय प्रहरी कार्यालय हेटौडा र पर्सा प्रहरीको संयुक्त अप्रेसनमा भारतीय एसपीको सञ्चार सेट र रातो बत्तिसहितको गाडि चोरी गर्ने गिरोह नेपालमा पक्राउ प¥यो । हेटौडाको टोलीले भारत पुर्वी चम्पारणका महम्मद समिर अख्तरलाई हतियारसहित पक्राउ ग¥यो । अनुसन्धानकै क्रममा रौतहटमा पक्राउ परेका ग्यारेज सञ्चालक सञ्जय साहको समूह चोरीको गाडि तस्करीमा संलग्न रहेको पत्ता लाग्यो ।

यो गिरोहले भारतको विभिन्न स्थानबाट गाडी चोरेर नेपाल भित्र्याई चितवन, नवलपरासी, विरगञ्जसम्म पु¥याई महंगा पाटपुर्जाहरु निकालेर बेच्ने वा नक्कली नम्वर प्रयोग गरी गाडी सञ्चालन गर्ने गरेको खुलेको छ । मध्य क्षेत्रका डिआईजी पशुपति उपाध्याय चोरीको गाडी तस्करी गर्ने भारतीय गिरोहको कनेक्सन नेपालका विभिन्न स्थानसम्म रहेको हुँदा कुनै पनि हालतमा उनीहरुलाई कानुनी दायरामा ल्याएरै छाडिने बताउँछन् । त्यसो त, चितवन प्रहरीले दुई वर्ष अघि तस्करीमा संलग्न पूर्वी चितवनका दिपेन्द्र श्रेष्ठ ‘दीपु’, भारतको गोरखपुर थानास्थित निजापुरका ३४ बर्षिया गुड्डु भनिने मोहम्द आलमलाई कारवाही गरेको थियो । अहिले नेपालभरी नै चोरीको गाडिको कारोबारमा दीपु र गुड्डुको गिरोह नै सक्रिय रहेको खुलेको छ ।

त्यसतर्फ मध्य क्षेत्रीय प्रहरी कार्यालयले अनुसन्धान थालेपनि दीपुको गिरोहले प्रहरीका धेरै अधिकारीहरुलाई प्रभावमा पारिसकेको हुँदा डिआईजीको तस्करीविरुद्धको अभियान असफल हुने देखिन्छ । किनकी, नवलपरासीको गैंडाकोट, चितवन र हेटौडामा अहिले दिनहुँ जसो चार÷पाँच वटा मोटरसाइकल चोरी हुने गरेको प्रहरीकै तथ्यांकमा उल्लेख छ । उक्त गिरोहसँग जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दिपक श्रेष्ठ र केन्द्रीय अनुसन्धान व्यूरोका केही प्रहरी अधिकारीको पनि कनेक्सन रहेको हुँदा प्रहरीलाई कारबाही गर्न कठिनाई भएको प्रहरी स्रोत नै बताउँछ ।

मंगलबार वडा प्रहरी कार्यालय गैंडाकोटले चोरी भएका मोटरसाइलको केही फुटेजको आधारमा दीपु श्रेष्ठलाई पक्राउ गरेको थियो । तर, गैंडाकोटका इन्सपेक्टर सुवास हमालले रहस्यमय ढंगले श्रेष्ठलाई छाडेर उनीसँगै सुरुमा काम गरेका धनबहादुर योञ्जनलाईमात्र जिप्रका चितवन पठाएका छन् । विगत देखि नै प्रहरीलाई प्रभावमा पारी चोरी र तस्करीमा संलग्न दीपुलाई जोगाएर योञ्जनलाई मात्र प्रहरीले अनुसन्धान थाल्नुलाई ठूलो गिरोहलाई जोगाउने डिजाइन रचिएको स्पष्ट देखिएको छ ।

चितवनका एसपी दीपक थापाले दीपुको पोखरा, काठमाडौं, हेटौडा, विरगञ्जमा चलेका चोरीका मुद्दालाई मात्र केलाएर अनुसन्धान गर्ने हो भने तुरुन्तै यो गिरोहको नेक्सस पत्ता लगाउन सहज हुने चितवनकै एक प्रहरी अधिकारी बताउँछन् । योञ्जनलाई सार्वजनिक अपराधमा चितवन प्रहरीले म्याद थपे पनि चोरी र तस्करीका ‘मास्टर माइन्ड’ दीपुलाई भने डिएसपी श्रेष्ठले नै भगाएको चितवन प्रहरी स्रोत दावी गर्छ । चितवनमा भर्खरै मात्र हाजिर भएका एसपी दीपक थापा तस्करीको यो गिरोह र प्रहरीबीचको कनेक्सनका बारेमा जानकारविहिन रहेको हुँदा डिएसपी श्रेष्ठले चलखेल गर्ने मौका पाएका छन् । सुरुदेखि नै चितवन बसेका डिएसपी श्रेष्ठ र दीपुको कनेक्सनको बारेमा एसपी थापाले अनुसन्धान गर्ने हो भने डिएसपी श्रेष्ठ मात्र नभई चितवनका दर्जनौ घुमुवा प्रहरी देखि सिआईवीका प्रहरीसम्म कारबाहीमा पर्ने निश्चित रहेको स्रोतको दावी छ । दीपुसँगको सेटिङमा भारत घर भएकै टिएन मिश्र र आलमले भारतबाट चोरीका गाडी र मोटरसाइकल भित्र्याएर चितवन, पर्सा, नवलपरासीदेखी काठमाडौं र ललितपुरसम्म पु¥याई बिक्री गर्दै आएको सूचना प्रहरीकहाँ पुगेपनि प्रहरीले अहिलेसम्म अनुसन्धान गरेको छैन ।दीपुले ग्लोवल आईएमई बैंक लुटपाट काण्डका अभियुक्त काठमाडौं बानेश्वर बस्ने टिका थापा मगर, खोल्डे भन्ने सुभराज थापा मगर र उदयपुर घर भएका श्याम थापा भन्ने सुमित लामालाई परिचालन गरी काठमाडौंबाट हराएका मोटरसाइकल चितवनमा ल्याई पाटपुर्जा परिवर्तन गरी नयाँ बनाएर पुनः काठमाडौंमै लगेर विक्री गर्दै आइरहेको स्रोत बताउँछ । यो समूहले चितवन र हेटौडाबाट पनि मोटरसाइकल उठाएर विभिन्न ग्यारेज पु-याई पार्ट पुर्जा झिकेर बिक्री गर्दै आइरहेको छ । मध्य क्षेत्रीय प्रहरी कार्यालयमा भएका फुटेजहरुको अनुसन्धान गर्ने हो भने दीपुको गिरोह कुनै पनि हालतमा कारबाहीबाट उम्कन नसक्ने मध्य क्षेत्रका प्रहरी अधिकारी बताउँछन् ।चितवनका पुराना र नयाँ घुमुवा प्रहरीदेखी गुण्डा नाइकेसम्म सेटिङ मिलाएर गिरोहले अबैध कारोबार गर्दै आएको छ । दीपुले घरमा नै चोरीका मोटरसाइकल भित्र्याउँदा समेत प्रहरीले उनलाई कारबाही गर्न सकेको छैन । जगतपुरमा मनकामना वर्कशप एन्ड रिकन्डिसन हाउस, बकुलहर टाँडीमा मनकामना रिकन्डिसन हाउस र बकुलहर टाँडीमै मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर खोलेर दीपुले चोरीका गाडी र मोटर साइकलको अबैध कारोबार तथा नक्कली लाइन्सेन्स र बिलबुकको अबैध धन्दा गर्दै आएको खुलेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित