नेपालमा भएका सबै एटीआर विमानको जाँच गर्दा त्रुटि भेटिएन

Airport Domastic Parking
काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै एटीआर जहाजको प्राविधिक जाँच गर्दा कुनै त्रुटि नरहेको जनाएको छ ।

प्राधिकरणले आज सोमवार विज्ञप्ति निकालेर पोखरामा हिजो आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनालगत्तै नेपालमा सञ्चालित सबै एटीआर-४२ र एटीआर-७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गर्दा कुनै पनि त्रुटि नभेटिएको जानकारी गराएको हो ।

नेपालका सबै वायु सेवा कम्पनीबाट नियमित उडान योग्यताका लागि चाहिने दैनिक परीक्षण, उडानअघि गरिने परीक्षण, निश्चित अन्तरालमा गरिने परीक्षणजस्ता कामहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड तथा सिफारिस र वायु यान निर्माता कम्पनीको मापदण्ड अनुसार हुने गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

यति एअरलाइन्सको विभान दुर्घटनालगत्तै हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सबै जहाजको परीक्षण गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित