मन्त्रीमण्डलमा भागबन्डा मिल्यो, आज मन्त्रीपरिषद्ले पूर्णता पाउने

Satta-1

काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । त्यसअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

‘कुन पार्टीले कुन कुन मन्त्रालय लिने भन्ने तय गर्यौं । भोलि मन्त्रीसहित सार्वजनिक गर्ने छौं,’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले भने, ‘यहाँ भएको सहमतिबारे आ(आफ्नो पार्टीमा छलफल गर्छौं र एक बजे भन्दा अगाडि परिर्वतन पनि हुनसक्छ ।’

स्रोतका अनुसार सत्ता गठबन्धनको सबभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने छ । माओवादी केन्द्रले ४ मन्त्रालय लिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले ३÷३ वटा मन्त्रालय पाउने भएको छ । माओवादी केन्द्र, रास्वपा र राप्रपाले एक/एक राज्यमन्त्री पनि पाउनेछन् ।

जनता समाजवादी पार्टी ९जसपा०को भागमा दुई र जनमत पार्टीको भागमा एक मन्त्रालय परेको छ ।

प्रतिक्रिया

सम्बन्धित