यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्

PM Oli

काठमाडौं ।
जसपाबाहेक सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । नवनियुक्त मन्त्रीहरुको अहिले केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण हुँदैछ ।

सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ ।

त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् ।

यस्तो छ प्रचण्ड नेतृत्वको प्रस्तावित मन्त्रिपरिषद :

प्रधानमन्त्रीः पुष्पकमल दाहाल

उपप्रधानमन्त्री :

बिष्णु प्रसाद पौडेल- अर्थ

नारायणकाजी श्रेष्ठ- भौतिक पुर्वाधार

रवि लामिछाने -गृह

राजेन्द्र लिङदेन- उर्जा

मन्त्रीहरु:

एमालेबाट

पदम गिरी, स्वास्थ्य

डा. विमला राई पौडेल, परराष्ट्र

हरि उप्रेती, रक्षा

ज्वाला कुमारी साह, कृषि

भगवती चौधरी,

दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

राजेन्द्र राई,

माओवादीबाट :

रेखा शर्मा, सञ्चार

सुदन किराती, पर्यटन

अमनलाल मोदी, सामान्य प्रशासन

रास्वपाबाट :

शिशिर खनाल, शिक्षा

डिपी अर्याल, श्रम तथा रोजगार

राप्रपाबाट :

विक्रम पाण्डे, सहरी विकास

ध्रुव प्रधान, कानून

जनमतबाट

अब्दुल खान,

राज्यमन्त्री :

डा. तोसिमा कार्की, स्वाथ्य

दिपकबहादुर सिंह, ऊर्जा

प्रतिक्रिया

सम्बन्धित