विकासका कामलाई अलपत्र पार्ने ठेकेदार अब कालोसूचीमा : स्थानीय विकासमन्त्री

emf]n'ªu] k'nsf] pb3f6g kf]v/f pkdxfgu/kflnsf–!& kxnt/f / @$ bD;fbLnfO{ hf]8g] k'm;|]vf]nfdfly ? Ps s/f]8 @@ nfv %) xhf/sf] nfutdf lgdf{0f ;DkGg ePsf] emf]n'ªu] k'nsf] a'waf/ pb3f6gkl5 dGtJo JoQm ub}{ ;ª3Lo dfldnf tyf :yfgLo ljsf;dGqL lxt/fh kf08] . tl:a/ M xl/ jf:tf]nf, kf]v/f, /f;;

पोखरा । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आज जिल्ला विकास समिति कास्की, पोखरा महानगरपालिका, उपमहानगरको वडा नं ७ को वडा कार्यालय र जिल्ला विकास समिति कास्कीले बनाउँदै गरेको पोखराको फिर्के खोलाको पुलको आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।    जिल्ला विकास समिति कास्कीको अनुगमनपश्चात मन्त्री पाण्डेले जनताले विकासको प्रतिफल पाउने गरी काम अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिनुभयो । सामाजिक सुरक्षादेखि भूकम्पपीडितसम्मका काम प्राथमिकतामा राखेर गर्न आग्रह गर्दै मन्त्री पाण्डेले  विकासका योजनालाई समयमै  सम्पन्न गर्ने आग्रह गर्नुभयो ।  उहाँले मन्त्रालयले हरेक कामलाई अनुगमन र निरीक्षणमार्फत व्यवस्थित गर्दै लैजाने बताउनुभयो ।

 “जनशक्ति अभाव वा विभिन्न वहानामा समयमै काम सकिएन भन्न पाइँदैन”¬–मन्त्री पाण्डेले जिल्ला विकास समितिका कर्मचारीलाई जनताका काम छिटो छरितो गर्न निर्देशन दिँदै भन्नुभयो, “विकासका कामलाई अलपत्र पार्ने ठेकेदार भए लेखेर दिनुहोस्, उनीहरुलाई कालोसूचीमा राखेर कारबाही अगाडि बढाउँछु ।” समयमै विकास निर्माणका काम सकिएन भन्ने जनगुनासो आएको स्मरण गराउँदै मन्त्री पाण्डेले कुन महिनामा के काम गर्न सकिन्छ भन्ने कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभयो ।

    त्यस्तै आजै पोखरा उपमहानगरपालिका कार्यालयको अनुगमन गर्दै उहाँले जनताले पाउने सेवालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । पोखरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको पर्यटकीय सहर भएको बताउँदै मन्त्री पाण्डेले नीति निर्माणका क्रममा पर्यटनलाई केन्द्रमा राख्न सुझाव दिनुभयो । अबका सरकारी कार्यालय बढीभन्दा बढी आधुनिक प्रविधिमैत्री हुनुको विकल्प नभएको भन्दै उहाँले प्राविधिक स्तरोन्नतिमा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

 त्यस्तै ,   मन्त्री  पाण्डेले संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि सरकारले २०७४ माघ महिनाभित्र तीन तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा जुटेको बताउनुभएको छ ।

 पोखरा उपमहानगरपालिका–१७ पहलतरा र २४ दम्सादीलाई जोड्ने फुस्रेखोलामाथि निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकार निर्वाचनका लागि स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनको प्रतीक्षामा रहेको बताउनुभयो ।  मन्त्री पाण्डेले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि मुलुकका सबै राजनीतिक दल एक हुनुपर्ने बताउँदै संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित