अवकाशसँगै एसएसपी थापाले भने -संगठन प्रमुखलाई कहिल्यै भुल्दिन

sspthaकाठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बिक्रमसिंह थापाले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि अवकाश पाएका छन् ।  बुधवार पत्रकार सम्मेलन गर्दै  एसएसपी  थापाले राष्ट्र र जनताप्रती उत्तरदायी बनेर सेवामा अझ सशक्तताका साथ लाग्ने बताए ।

 थापाले तत्कालिन वडा प्रहरी कार्यालय गौशलादेखि काठमाडौं प्रहरी प्रमुख हुँदासम्म सबैतिर आफुले राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको बताए । ललितपुरमा रहदा यूनिठी ठगीको धन्दा रोक्नु, नेपालगंजमा हुँदा भूमिगत समूहलाई ध्वस्त पार्नु तथा काठमाडौं प्रहरी प्रमुखका रुमपा केएल दुगड जस्तो घरानालाई कारबाही गर्नु आफ्नो महत्वपूर्ण काम भएको उनले सम्झिए ।

  मिडियाको सहयोगका कारण आफु सफल भएको बताउदै उनले पत्रकारलाई समेत धन्यवाद दिए । प्रहरीबाट अवकाश पाएपनि काम गर्ने आफ्नो उर्जा संचय रहेकाले अबका दिनमा पनि आफु सक्रिय हुने बताए ।  उनी अनलाइन मिडिया सन्चालनको तयारीमा लागेका छन्  ।

 आफुलाई संगठन प्रमुखको प्रेरणाले गर्दा अवकाशसम्म पनि काम गर्ने अवसर मिलेको बताउँदै एसएसपी थापाले अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल र आफ्नो काम गर्ने टिमको स्प्रिटले उपत्यकावासीहरुले शान्ती सुरक्षाको अनुभुति पाएको बताए । अहिलेसम्म पाएका इन्चार्जमा आफु कही  पनि असफल नबनेको थापाको भनाइ थियो। एसएसपी थापा प्रहरीमा  पूर्ण शान्ति पुरस्कार पाउने भाग्यमानी हुन ।

प्रतिक्रिया

सम्बन्धित