दन्त चिकित्सक संघ चितवनको अध्यक्षमा डा.न्यौपाने

ajayचितवन । नेपाल दन्त चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा  डाक्टर अजय न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । केही दिन अघि मात्र सम्पन्न संघको जिल्ला अधिवेशनले दोस्रो कार्यकालको लागि डा. न्यौपानेलाई निर्विरोध निर्वाचित गरेको हो ।

 आगामी दई वर्षे कार्यकालको लागि डा. न्यौपानेको नेतृत्वमा  बनेको  कार्यसमितिको उपाध्यक्षमा डा. कुशल भट्टराई , महासचिवमा डा. प्रणब कुमार यादव , कोषाध्यक्षमा डा. रिसु केसी , सहकोषाध्यक्षमा डा. डेन कुमार सापकोटा रहेका छन् ।

  त्यस्तै सदस्यहरुमा डा. राजिब कुमार मिश्र , डा.विष्णु प्रसाद सुवेदी , डा.मधुरेन्द्र प्रसाद सुवेदी र डा. पदम नेपाल रहेका छन् । समितिको सल्लाहकारमा डा. किशोर भण्डारी ,डा. अजित शाह , डा. सरु थापा, डा. बशुराज पाण्डे र डा. सुमन काफ्ले रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित