रवि लामिछानेको मुद्दामा आज सुनुवाई हुँदै

Rabi Lamichhane

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधवार) बाट पूर्ण सुनुवाइ सुरु हुँदै छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस २२ गते नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर आजका लागि पूर्णसुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो ।

नागरिकता विवादबारे संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको फायल सर्वोच्च अदालतले झिकाएको छ । २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मङ्सिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कलप्रति पनि सर्वोच्च अदालतले झिकाएको छ ।

पुरानो नागरिकता दुरुपयोग गरेको र अमेरिकी नागरिक छँदै नेपालको पासपोर्ट लिएको भन्दै अधिवक्ता रविराज बसौला र सिन्धुली घर भएका युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।  लामिछाने नेपाली नागरिक नै नभएको भन्दै सांसद हुन अयोग्य भएको जिकिरसमेत निवेदकहरूको छ ।

प्रतिक्रिया

सम्बन्धित