काठमाडौं परिसरको कमाण्ड सम्हाल्दै एसपी प्रधुम्न कार्की

sp-pradhumnaकाठमाडौं ।आजबाट महानगरिय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले उमेरका कारण सेवावाट अवकाश पाउँदैछन्।  आइजीपी उपेन्द्रकान्त अर्याल र गृहमन्त्री विमलेन्द्र निधिबीच भागवण्डामा सहमती नहुँदा काठमाडौं र ललितपुर परिसर तथा अपराध महाशाखाका प्रमुखले इन्चार्ज सम्हालेको डेढ बर्ष नाघिसकेको छ ।

 अबकाश पाउनु अघि मुख्य जिम्वेवारी दिन नहुने प्रहरीमा प्राबधान रहे पनि एसएसपी थापा अबकाशकै दिन परिसर प्रमुखको कै हैसियतवाट बाहिरिदैछन् । काठमाडौं परिसरमा अहिलेसम्म प्रहरी मुख्यालयले कसैलाई पनि सरुवा नगरेको हुँदा सिनियर एसपी प्रधुम्न कार्कीलाई परिसरको जिम्मा दिएर एसएसपी थापा घर जाँदैछन् ।

 मोरङ,चितवनजस्ता जिल्लाहरुमा एसपी भएर काम गर्दा सफलता हासिल गरिसकेका एसपी कार्की क्षमतावान र व्यावसायिक प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित