नेपाल विद्युत् प्राधिकरण हेटौँडाको गोदाम घरमा आगलागी

Aglagi
मकवानपुर ।
हेटौँडामा रहेको नेपाल विद्युत् प्राधिकरणको गोदाम घरमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-५ भैरवरोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गोदाममा गएराति आगलागी भएको हो ।

गोदाममा करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीबाट प्राधिकरणका धेरै सामान जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिबारे यकिन जानकारी आएको छैन ।गोदामघरमा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौँडा उपमहानगरको दमकलले करिब २ घण्टापछि निभाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित