नेपाली फुटबलको भविश्य राम्रो छ : एसएसपी खनाल

khanlकाठमाडौं । सोलाडिरीटी कप जितेका नेपाली फुटबल खेलाडीहरु आज काठमाण्डौमा सम्मानित भएका छन् ।

 डिजीटल पत्रिका नेपाली पब्लिक डट कमको उद्घाटनको अवसरमा महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल र त्रिभुवन बिश्वबिद्यालयका प्राध्यापक डाक्टर जिवनाथ धितालले खेलाडीहरुलाई सम्मान पत्र र मायाको चिनो हस्तान्तरण गरी सम्मान गरेका हुन । नेपाली फुटबल टिमका कप्तान बिराज महर्जन, भरत खवास, रविन श्रेष्ठ, बिकेश कुथु, राजेन्द्र रावल, आदित्य चौधरी, दिपक गुरुङ, रञ्जन बिष्ट, कमल श्रेष्ठ र जितेन्द्र कार्की सम्मानित भएका हुन ।

 सम्मान समारोहमा एसएसपी सर्वेन्द्र खनालले नेपाली खेलाडीहरुका कारण नेपालको गरिमा बढेको बताए । खेलाडीहरुले थप मेहनत गरे नेपाली फुटबलले अझै राम्रो गर्न सक्ने खनालले औल्याए ।

 खेलाडीहरु आर्थिक रुपमा पनि सबल हुनुपर्नेमा जोड दिदै एसएसपी खनालले भने -' आर्थिक प्रलोभनमा परेर मुलुकको इज्जतमा आँच आउने काम चाँहि गर्नु हुदैन ।' प्राध्यापक डाक्टर जिवनाथ धितालले हरेक क्षेत्रमा यूवाहरुले देशको अभिभारा बोक्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित