बागमती प्रदेश प्रहरी प्रमुख दीपक थापाद्वारा पदभार ग्रहण

DIGP-Thapa-2-E2023-01-27-04-01-06
काठमाडौं ।
बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक दीपक थापाले २०७९ माघ १२ गते आफ्नो पदभार ग्रहण गरेका छन् । प्रहरी नायव प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल, काठमाण्डौबाट बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा भएका थिए ।

बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भई कार्यभार ग्रहण गर्न पुगेका प्रहरी नायव महानिरीक्षक थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा स्वागत गरिएको थियो । पदभार ग्रहण पश्चात प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले बागमती प्रदेश प्रहरीको अवस्था तथा समग्र कार्यसंचालन बारेमा संक्षिप्त प्रस्तुतीकरण दिएका थिए ।

पदभार ग्रहण कार्यक्रमका क्रममा प्रदेश प्रहरी प्रमुख दीपक थापाले तस्करी नियन्त्रण गर्ने, पीडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्दाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोवलमा बृद्धि गरी कार्यमा लगाउने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित