पुलको पिलर बनाउन खनेको खाल्डोमा ब्यक्तिको सव फेला

sabकाठमाडौं । काठमाडौं–ललितपुर जोड्ने निर्माणाधिन पुलको पिलर बनाउन खनेको खाल्डोमा जमेको पानीमा डुवेको अवस्थामा एक ब्यक्तिको सव फेला परेको छ । महानगरीय प्रहरी बृत कालिमाटीका अनुसार, साँझ स्थानीय प्रत्यक्षदर्शीले खवर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले मृतकको शव खाल्डोबाट वाहिर निकालेर पोष्टमार्टमका लागि शिक्षण अस्तपाल महाराजगञ्ज पठाएको छ ।

नाम, थर वतन नखुलेको अन्दाजी ३२÷/३५ वर्षको, पाँच फिट तीन इन्च उचाई भएको, प्रहरी /आर्मीको जस्तो कपाल काटेको, नेवार समुदायको जस्तो देखिने गोलो अनुहार भएको युवक मृत अवस्थामा फेला परेको जानकारी बृतका प्रमुख नवराज अधिकारीले दिए ।      त्यस्तैं, दायाँ हातमा चाँदीको व्रासलेट र बायाँ हातमा घडी लगाएको, माथिल्लो शरीरमा रातो कालो ज्याकेट, हाफ सेते भेष्ट, आर्मीले प्रयोग गर्ने गाढा हरियो रङ्गको ट्राउजरको भेष्ट, तल्लो शरीरमा निलो जिन्सको पाईन्ट, सेतो बेल्ट खुट्टामा क्यानबक्स जुता लगाएको हुलिया पनि प्रहरी सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित