भक्तपुरमा एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजना पक्राउ

Pakrau
भक्तपुर ।

प्रहरीले एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई शुक्रबार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा प्रहरीले भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नम्बर ३ ठकुरी गाउँं झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन् ।

भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीका अनुुुसार उनले माघ ११ गते बुधबार राति नौ बजे एटीएमभित्र प्रवेश गरी मेशिन फुटाउन खोजेको र ९स्२५ मिनेटमा असफल भई छाडी आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित