उज्यालो विरुद्द बाधा हाल्ने कसैलाई पनि छादिदैन : उर्जामन्त्री

janardaneबिराटनगर । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजनाहरुमा जनतालाई शेयर दिने मोडालिटी केही दिनमै सार्वजनिक गर्ने वताएका छन् । प्रेस सेन्टर नेपाल मोरङ शाखाले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले जलविद्युत आयोजनाहरुमा जनतालाई के कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा उर्जा मन्त्रालयले मोडालिटी तयार गरिरहेको उल्लेख गरे।

 शर्माले  त्यो छिट्टै सार्वजनिक गरिने वताउँदै  नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत सरकारले निर्माण गर्ने जलविद्युत आयोजनाहरुमा जनतालाई ३० प्रतिशत शेयर दिने नीति रहेको वताए ।

  मन्त्री शर्माले लोडसेडिङ फेरी नफर्काउने गरी मन्त्रालय र विद्युत प्राधिकरणले काम गरिरहेको जानकारी दिए ।

 प्राधिकरणभित्रको अनियमितता र भद्रगोल अन्त्य गरी लोडसेडिङ हटाइएको भन्दै मन्त्री शर्माले यसलाई निरन्तरता दिन मन्त्रालय लागिपरेको जानकारी दिए ।  मन्त्री शर्माले अँध्यारोको विरुद्ध उज्यालो ल्याउने अभियानमा बाधा हाल्ने कसैलाई पनि नछाड्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित