प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ज्ञापन पत्र, महँगी नियन्त्रण गर्न माग

ekikrit-samajbadi-gyapanpatra-(4)_o37xqVuKur_large

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई मंगलबार बिहान मुलुकको पछिल्लो आर्थिक सङ्कटबारे २० बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएको हो । चरम आर्थिक सङ्कट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाएको जनाएको छ ।

ज्ञापन पत्र मार्फत एकीकृत समाजवादीले बढ्दो महँगी नियन्त्रण गर्नुकासथै बैंक तथा वित्तिय संस्थाहरूको बचत तथा ऋण नीतिमा तत्काल सुधार गर्न माग गरेको छ। यस्तै, संविधानमा उल्लिखित आर्थिक नीति कडाईका साथ लागू गर्नुका साथै अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित