‘रअ’को अखडाभित्र वाम गठबन्धनको भव्य कार्यक्रम

दाङ । वाम गठबन्धनका केही उम्मेदवारहरूलाई जिताउन नेपालस्थित भारतीय राजदूतावासले भित्रभित्रै गोप्य अभियान चलाएको खुलासा भएको छ ।

 भारतलाई गाली गरेर राष्ट्रवादी छवि बनाएका एमाले र माओवादी केन्द्रका नेताहरू निर्वाचन जित्नका लागि लैनचौरस्थित राजदूतावासबाट आशीर्वाद लिएर प्रतिस्पर्धामा गएको स्रोतले जनाएको छ । भारतीय राजदूतावासको आशीर्वादपछि एमाले र माओवादीका उम्मेदवारहरू ढुक्क भएर निर्वाचन प्रचार प्रसारमा पुगेका हुन् । यसको प्रमाण दाङको घोराहीमा देखिएको छ ।

 वाम गठबन्धनका उम्मेदवारहरूलाई सहयोग गर्न लैनचौरले सिधै दवाव दिएपछि दाङको घोराही उपमहानगरपालिकास्थित भारतीय पेन्सनक्याम्प (सोल्जर बोर्ड) भित्र मंगलबार भव्य कार्यक्रम भएको छ ।

  कार्यक्रमलाई वाम गठबन्धनबाट दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बनेका कृष्णबहादुर महरासहितका उम्मेदवारहरूलाई फूलमालाले स्वागत गर्दै जिताउने प्रतिवद्धता जनाइएको थियो । तर, माओवादी र एमालेले नै भारतीय पेन्सन क्याम्पलाई (सोल्जर बोर्ड) ‘रअ’को अखडा भन्दै बन्द गर्नुपर्ने दवाव दिँदै आएका थिए । अहिले आएर सोही ‘रअ’को अखडा भित्रै वाम गठबन्धनले कार्यक्रम गर्नुलाई आश्चर्यजनक रुपमा हेरिएको छ ।

 भारतीय पेन्सन क्याम्प भित्र मंगलबार दिउँसो करिव साढे १२ बजे विशेष कार्यक्रम भएको सोल्जर बोर्डका इञ्चार्ज सुवेदार भीमबहादुर थापाले जानकारी दिए । भारतीय राजदूतावासबाट निर्देशन आए बमोजिम कार्यक्रम राखिएको र त्यहाँ कृष्णबहादुर महरा, शंकर पोख्रेलसहितका वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आदेश आएको थापाले बताएका थिए । तर, कार्यक्रम गर्नु अगाडि राजदूतावासबाट अनुमति लिनुपर्ने बाध्यात्मक परिस्थिति हुन्छ ।

  कार्यक्रममा महरासहितका नेता र उम्मेदवारहरूले आफूहरू कहिल्यै पनि भारत विरोधी नभएको अभिव्यक्ति दिएका थिए । महराले भारतको विरोध गर्न नहुने र नेपाल–भारतबीचको सम्बन्ध अझै सुधार आवश्यक रहेको बताएका थिए । भारतीय सोल्जर बोर्ड भित्र भएको विशेष कार्यक्रममा कृष्ण घर्ती, पदम केसी, हिमलाल आचार्य, वीरमान पुन, कुलबहादुर घिमिरेसहितका करिव ३ सय नेताहरू तथा भुतपूर्व गोरखा सैनिकहरूको उपस्थिति रहेको थियो ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर चाह

 

प्रतिक्रिया

सम्बन्धित