बल्खु सुकुम्वासी बस्तीबाट ठुलो मात्रामा विशाक्त मदिरा बरामद

bisaktaaकाठमाडौं ।  प्रहरीले अबैध मदिरा उत्पादन तथा वेचवेखिनमा  कडाई गरेको छ । सुकुम्वासी बस्तीमा उत्पादित मदिरामा मलमुत्र तथा विशाक्त बस्तु मिसाइने गरेको सूचनाका आधारमा कडाइ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी नवराज अधिकारीले वताए ।

 बल्खु क्षेत्रमा रहेको सुकुम्वासी बस्तीमा प्रहरीले छापामारी करिव १८ हजार लिटर विषाक्त मदिरा बरामद गरेको छ । कालिमाटी वृत्तले आइतवार र सोमवार घर–घरमा खानतलासी गरी मदिरा बनाउन तयार पारिएको कच्चा पदार्थ १८ हजार लिटर बरामद गरेको हो । कालिमाटी वृत्त प्रमुख नवराज अधिकारीका अनुसार, सुकुम्वासी बस्तीमा ‘लोकल’ रक्सी उत्पादनका नाममा कच्चा पदार्थमा मुलमुत्र, युरिया मल, जुत्ता, चप्पल र कपडा मिसाउने गरेको सूचनाका आधारमा छापा मार्दा प्रत्येक घरमा मदिरा उत्पादनका लागि कच्चा पदार्थ फेला परेको छ ।

 उक्त कच्चा पदार्थमा मुलमुत्र, पुरानो जुत्ता, चप्पल, स्वीटर र युरिया मल मिसाइएको अवस्थामा भेटिएको जानकारी डिएसपी अधिकारीले दिए ।  सुकुम्वासी बस्तीका २५ घरमा छापा मार्दा सबै घरबाट मदिराका साथै मदिरा बनाउन प्रयोग हुने दुषित कच्चा पदार्थ बरामद भएको हो ।

 प्रहरीका अनुसार यस्तो विशाक्त मदिरालाई कल्खुका सुकुम्वासीहरुले आयआर्जनको मुख्य स्रोत बनाउदै आएका थिए ।   केही दिनअघि लोकल मदिरा सेवनका कारण बल्खुक्षेत्रमा एक सर्वसाधारण अशक्त भइ अस्पताल भर्ना भएपछि प्रहरीले सुकुम्वासी बस्तीमा छापा मार्न शुरु गरेको हो । मदिरा नियन्त्रण गर्न प्रहरीले बल्खु सुकुम्वासी बस्तीमा २४ अ‍ै घण्टा प्रहरी परिचालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित