क्याम्पस प्रशासक कुटेको आरोपमा डन मुसे पक्राउ

museचितवन : चितवनको भरतपुरस्थित वीरेन्द्र क्याम्पसका सहप्रशासक राजेन्द्रप्रसाद पोखरेलमाथि हातपात गरेको आरोपमा मुसे भन्ने डन बच्चन कार्की पक्राउ परेका छन् । कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले विरेन्द्र क्याम्पसबाटै आज विहान पक्राउ गरेको हो । तीन दिन अघि सहप्रशासक पोखरेलमाथि हातपात गर्दा पनि प्रहरीले राजनीतिक दबाबमा मुसेलाई पक्राउ गरेको थिएन । तर, अनेरास्ववियूका विद्यार्थीहरुले क्याम्पसमा अनिश्चितकालिन तालाबन्दि गरेपछि प्रहरीकै बेइज्जत हुने डरले मुसेलाई पक्राउ गरिएको चितवन प्रहरी स्रोतले बतायो । मुसेलाई सार्वजनिक अपराधमा म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

चितवन प्रहरी प्रमुखमा एसपी दिपक थापा आएपछि गुण्डागर्दी र आपराधिक क्रियाकलाप गर्नेहरुको मनोबल एकाएक बढेर गएको छ । किनकी, थापा नम्र स्वभाव र सबैले पहुँच पुर्याउन सक्ने एसपीका रुपमा चिनिन्छन् । उनीमाथि काम भन्दा स्वागत जस्ता सार्वजनिक कार्यक्रममा बढि हिड्ने गरेको आरोप लागिसकेको छ । उनले आफू आउनासाथ चितवनमा बाघ आएको र फ्याउरे गुण्डाहरु दुलोभित्र पसेको पत्रकारहरुलाई बताएका थिए । तर, अहिले बाघ भित्र र फ्याउरेहरु बाहिर भएको मुसे डनको घटनाले पनि देखाएको छ । एसपी बसन्त कुँवरको कार्याकालमा चितवनका गुण्डाहरुको शिर निहुरिए पनि अहिले भने उनीहरुको मनोबल बढेर गएको छ । बिहीवार बिहान ११ बजे आफ्नै कार्यकक्षमा बसिरहेका बेला नेविसंघका इकाई अध्यक्ष समेत रहेका डन मुसेसहितको एक समूहले सहप्रशासक पोखरेलमाथि हातपात गरेको थियो । मुुसे गुण्डागर्दी र आपराधिक पृष्ठभूमिका ब्यक्ति हुन् । मुसे गृहमन्त्री विमलेन्द्र निधी र बन मन्त्री शंकर भण्डारी निकट मानिन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित