टर्की भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ७ सय पुग्यो, हजाराैं बेपत्ता

turkey-2

काठमाडौं । टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर मुत्यु हुनेको सङ्ख्या तीन हजार सात सय पुगेको छ ।

अहिलेसम्म टर्कीमा दुई हजार तीन सय भन्दा धेरै र सिरियामा एक हजार चार सय भन्दा धेरै नागरिकको भूकम्पका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

१४ हजारभन्दा धेरै घाइते भएका छन् । स्थानीय समय अनुसार हिजो राति सबैजना सुतेका बेला ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो ठूलो भूकम्पपछि ७ दशमलव ५ रेक्टर स्केलको अर्को भूकम्प पनि गएको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ।

अहिले उद्धारको काम भइरहेको छ । तर भूकम्पका कारण भत्किएका हजारौं घरभित्र फसेका र पुरिएकाको उद्धारमा कठिनाइ भएको उद्धारकर्ताले बताएका छन् ।

भूकम्प प्रभावित टर्की र सिरियामा सहयोग गर्नको लागि अन्तर्राष्ट्रिय निकायले अपील गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित