तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा तीनको मृत्यु, ३९ घाइते

bus-accidentकाठमाडौं : उदयपुरमा भएको बस दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ भने ३९ जना घाईते भएका छन् । घाइतेमध्ये १० जना गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेका अनुसार लेखनी–५ भदौरेमा शुक्रबार बिहान बस दुर्घटना भएको हो । खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री सवार बा ४ ख ३६२० नम्बरको बस उदयपुरको लेखानीमा शुक्रबार बिहान दुर्घटना भएको हो । चालकसहित ४२ जना रहेको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एकजनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस सडकबाट करिव ५० मिटर तल खसेको छ। मृत्यु हुनेमा बर्ष ३३ का कुशुमदेवी राम, बर्ष ६० की सरस्वतीदेवी राम छन्। गम्भीर घाइते १० बर्षका दिपेश रामको उपचारको लागि अस्पताल लैजादा बाटोमा मृत्यु भएको हो। चालक ललन पासवानसहित केही गम्भीर घाइते रहेका प्रजिअ घिमिरेले बताए।घाइतेहरूको उद्दार गरी उपचारको लागि कटारी पठाइएको घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित