हिजो स्थगित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बिहान ९ बजे बस्दै

Satta-1

काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बिहान ९ बजे बस्दैछ ।  बिहीबार एमाले अध्यक्ष ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजका लागि संयन्त्रको बैठक बस्ने बताएका थिए ।

हिजो दिउँसो ३ बजेको लागि बोलाइएको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबार छलफल भएको थियो ।

बुधबार अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीसँगको सहमतिपछि आजको लागि बैठक तय भएको थियो ।

दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपट सुरु भएको छ ।

बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित