काफ्लेको नेतृत्वमा स्वच्छ हावा प्रर्वद्धन सञ्जाल गठन

Navaraj Kafle

भक्तपुर ।
भक्तपुर देशकै सबैभन्दा प्रदुषित शहर बनेसँगै भक्तपुरलाई वायु प्रदुषणमुक्त जिल्ला बनाउने अभियान शुरु भएको छ । भक्तपुरलाई वायु प्रदुषणमुक्त जिल्ला बनाउन जिल्ला स्तरीय स्वच्छ हावा प्रर्वद्धन सञ्जाल गठन गरिएको छ । भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाबाट उपस्थिति नागरिक समाजको भेलाले नबराज काफ्लेको अध्यक्षतामा सो सञ्जाल गठन गरिएको हो ।

सञ्जालभित्र सचिवमा कानुनी अधिवक्ता ज्ञानेन्द्र प्रसाद दाहाल सचिव रहने गरि सदस्यहरुमा राम खड्का, हरिशरण लामिछाने,श्रृजनामल्ल ठकुरी,उत्तरा नेपाल,नरेश रञ्जित,राजेश तज,कमला पोख्रेल,मेनुका थापा,रबिता कार्की,राम बहादुर कार्की,गिरिराज खतिवडा,कुल बहादुर श्रेष्ठ,शर्मिला खड्का खत्री,पुण्यवती केसी,मेनुका गौतम,मोहन पराजुली,चन्द्र कुमार श्रेष्ठ,विजय धौभडेल,सुर्वण हमाल,चुस्त बहादुर राई,मोहन पौडेल,वविता गौतम,विना देउजा,संयोग पौडेल,सुर्दशन घिमिरे सर्वसम्मत चयन भएका छन् । त्यसैगरि वातावरण क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका वातावरणविद हिम्मत सिंह लेकाली र गोपी न्यौपानेलाई सल्लाहकारमा भेलाबाट चयन गरिएको छ ।

यस सञ्जालले जिल्लाभित्र देखा परेका वातावरणीय सवालहरु : वायु प्रदुषण, ध्वनी प्रदुषण, पानीमा बढ्दै गरेको प्रदुषण, फोहोर–मैला व्यवस्थापन, बाटो–घाटो र सडकबाट उत्पादित धुवाँ–धुलो, खेतीबालीमा प्रयोग गरिदै आएको विषादी, फोहोर बाल्ने लगायत यस क्षेत्रमा संचालित ईटा एवं फर्निचर उद्योग,अस्पतालबाट निकालिने फोहोरको उचित व्यवस्थापनको लागि पिडित नागरिकहरुको तर्फबाट आवाज बुलन्द गरि सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रको जवाफदेहिताको लागि पैरवी गर्दै अगाडि बढ्ने सञ्जालका अध्यक्ष नबराज काफ्लेले उदघोष गरेका छन् ।

सञ्जालका अध्यक्ष नबराज काफ्लेले नेपालको संविधान २०७२ को धारा ३०० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था बमोजिम भक्तपुर जिल्ला भित्र अहिले सर्वाधिक बढ्दो क्रममा रहेको वायुप्रदुषणलाई न्यूनिकरण र रोकथाम गर्न सरोकारवाला निकायहरुलाई अनुरोध समेत गरेका छन् ।

वायु प्रदुषणको सवाललाई लिएर चाँगुनारायण नगरस्तरीय स्वच्छ हावा प्रर्वद्धन सञ्जालले जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति,सडक डिभिजन कार्यालय,भक्तपुरलाई सञ्जालका संयोजक राम खड्का,सहसंयोजक रविता कार्की,सचिव सोनु खड्काबाट हस्ताक्षर गरिएको ज्ञापनपत्रको माध्यामबाट विशेष ध्यानाकर्षण समेत गराएको सञ्जालका अध्यक्ष राम खड्काले अवगत गराए ।

जिल्लास्तरीय स्वच्छ हावा प्रर्वद्धन सञ्जालका सल्लाहकार एवं वातावरणविद हिम्मतसिंह लेकाली,चाँगुनारायण नगरपालिका वडा नं.२ का वडाध्यक्ष सोम प्रसाद प्रधान लगायतले भयावह स्थितिमा देखिएको वायुप्रदुषणलाई रोकथाम गर्न सबैपक्ष मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताउँदै नागरिक तहबाट गठन गरिएको स्वच्छ हावा प्रर्वद्धन सञ्जालले वातावरणीय सवालमा सक्रियताका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित