सडकमै भट्टी खोल्न कसले दियो रेवानलाई अधिकार ?

यदुनाथ बञ्जारा rebanpoपोखरा । रेष्टुरेण्ट व्यवसायीहरुको छाता संस्था रेष्टुरेन्ट एण्ड वार एसोसिएसन नेपाल (रेवान) पोखराले पोखराको लेकसाइडको साढे तीन किलो मिटरको सडकलाई आफ्नो वपौती सम्झन्छन् । उनीहरु आफ्नो व्यवसायको प्रवद्र्धन गर्नका लागि कानूनलाई मुठ्ठीमा लिएर हजारौं जनताको अधिकारलाई कुण्ठित पार्छन अनि सिण्डिकेट लादेर सडक भरी, रक्सी र मासुको खोलो बगाउँछन् । विभिन्न खालका मदिरा, ह्वीस्की र वियरका विज्ञापन वोर्डले लेक साइड र आसपासका वजार क्षेत्रलाई कुरुप बनाउँछन् । प्रचलित कानूनले सार्वजनिक स्थलमा मदिरा, मद्यपानको तुल व्यानर, होडिङ बोर्ड स्वागत गेट बनाउन पाइन्न । तर, रेवान कानुन मान्दैन । गत वर्ष पोखरा उपमहानगरपालिकाले रेवानले रोड भरि टांगेका रक्सीका प्रचार वोर्ड तुल, व्यानर च्यातेको थियो । यसपालि त्यस्तो प्रचार गर्ने साहस गर्छन् गर्दैन् त्यो भने हेर्न केहि समय कुर्नै पर्छ । केहि दिन मात्र अगाडि रेवानले गरेका पत्रकार सम्मेलनमा सडक मै टेवुल कुर्सी र टेन्ट झारेर भट्टी चलाउने उद्घोष गरिसकेको छ । पुष १३ देखि १७ गते सम्म ५ दिन सम्म जनताले खुल्लम खुल्ला हिड्न पाउने अधिकार खोसेर रेष्टुरेण्ट र वार सम्वद्ध केही व्यवसायीहरुले सडकलाई भाडामा लगाएर कब्जा गर्नेछन् । सार्वजनिक सडक के का लागि ? व्यापार व्यवसाय गर्नका लागि हो कि ?, हिड्डुल गर्नका लागि ? लेकसाइडको साढे तीन किलो मिटर सडक रेवानको नीजि सम्पत्ति हो ? सार्वजनिक सडकमा मेला गर्दा राज्यका निकायले स्वीकृति दिन मिल्छ ? सडकलाई भट्टि राख्न भाडामा लगाउन पाइन्छ ? सडकमा हिड्न पाउने नागरिकको अधिकार लाई कुण्ठित बनाएर ५ दिन सम्म निलम्बन गर्ने छुट रेवानलाई कसले दियो ? शक्ति केन्द्रलाई दवाव प्रभावमा पारेर वा राज्य शक्तिलाई दुरुपयोग गरेर व्यापारिक स्वार्थ शिद्ध गर्ने रेवानको धङधङी कहिले सम्म सहने जनताले । सडकमा वियर र ह्वीस्कीको सडकमा खोलो वगाएर, टेण्ट र टेवुल सडकमै झारेर सडकलाई भट्टी बनाउनु मात्र मेलाको सफलता किमार्थ मान्न सकिन्न । मुख्य सडक भाडामा किनवेच गरेर गरिने व्यापारलाई आम नागरिक मञ्जुर छैनन् । युवा जमात लाई कुलत मा फसाउने मलजल गर्ने खालको यो मेला संचालन गरिनु हुन्न । मेला महोत्सव समयानुकुल ढंगले आम नागरिकको अधिकार खोस्ने गरि गरिनु हुन्न । सडकमा एक दिन वा केही घण्टा गरिनु हुन्छ तर ५ दिन ५ रात सम्म गरिने कथित सडक महोत्सवले कानूनको दुहाई मात्र हैन नागरिकलाई वेस्सरी सास्ती दिने गरेको  छ । यसमा अधिकारकर्मी हेर्नु पर्छ । राज्यले नियमन गर्नुपर्छ । जिम्मेवार निकाय के भन्छन् ? हरिप्रसाद मैनाली – प्रमुख जिल्ला अधिकारी कास्की cdomailaliसार्वजनिक सडक सार्वजनिक प्रयोगको लागि हो । कुनै पनि वहानामा नागरिकले प्रयोग गर्ने सडकलाई कुनै पनि वहानामा नागरिकले प्रयोग गर्ने सडकलाई अवरोध गर्नु कानुन विपरित हुन्छ । कानून विपरित हुने गरि कुनै पनि मेला महोत्सव हुन दिईंदैन । रोकेर छेकेर हैन छुट्टै मैदानमा गर्नुपर्छ । मेलाको नाममा कानून भन्दा माथि चढेर सार्वजनिक स्थलमा मद्यपान धुम्रपानको प्रचार प्रसार गर्न पाईंदैन । कानूनको सवैले पालना गर्नुपर्छ नगरे कारवाही गर्न प्रशासन वाध्य हुन्छ ।

 

 

 

कमल सिंह वम – डिआइजी क्षेत्रीय प्रहरी कार्यालय पोखराdigbam सार्वजनिक सडकलाई वन्द गरेर लामो समय सम्म सडकमा मेला महोत्सव गर्दा सडक प्रयोगकर्ताहरुको अधिकार हनन् हुन्छ । सडक मै टेन्ट गाडेर टेवुल कुर्सी झारेर व्यापार गर्नु कानुन विपरित कार्य हो । सडक महोत्सव मा राज्यले निषेध गरेका चिज वस्तुहरुको सार्वजनिक विज्ञापन गर्नु हुन्न सवैले कानूनको सम्मान गर्नु पर्छ । मेलाको नाममा सडक कव्जा गरेर सडकमै व्यापार गर्ने काम, सडकमै खाने पकाउने काम गर्न दिइन्न । विगतमा के गरे कसो गरे मलाई जानकारी छैन तर अव म सडकमा अनाधिकृत गतिविधि हुन दिन्न । मातहतका निकायसँग यस विषय संग छलफल गरेर अगाडि वढिन्छ ।नवराज ढुंगाना, कार्यकारी अधिकृत पोखरा उपमहनगरपालिका nabarajdसडक महोत्सव पर्यटनसँग जोडिएको विषय हो । यसको सञ्चालन र व्यवस्थापन गर्दा प्रचलित कानूनको परिधि नाघ्नु हुँदैन । नागरिकले सडकमा खुल्ला ढंगले हिड्न पाउने अधिकार खोस्न पाईंदैन । यसमा सरोकारवाला राज्यका निकायसँग छलफल गरेर मात्र महोत्सव सञ्चालनको अनुमती दिइन्छ । कानूनले वर्जित गरेका कुनै पनि वस्तुको विज्ञापन प्रचार प्रसार गर्न दिइन्न । राज्यको कानून भन्दा माथि कोही पनि हुन सक्दैन त्यसमा हामि सचेत छौं । कानुन नाघ्न पाइन्न, सडक र फुटपाथ अतिक्रमण गरेर व्यापार गर्ने छुट कसैलाई हुन्न । राजइले तोकेको नियमानुसार करको दायरामा सवै व्यवसायी आउनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित