जुवातास खेलिरहेका सात जना पक्राउ

Pakrau
काठमाडौं । नागार्जुन नगरपालिका-२ नाम्गेलस्थित जयफुल रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय छिरङ शेर्पा समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सो रेष्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जुवा खेल्न प्रयोग गरेको नगद २३ हजार ७ सय १५ रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित