नक्कली डलरसहित दुबईमा समातिए चलचित्र विकास बोर्डका लेखा अधिकृत 

nepali-chalchitra-board.2023-02-15-12-02-51

काठमाडौं ।
चलचित्र बिकास बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबईमा समातिएका छन् । नक्कली डलर बोकेर बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई उडेका लेखा अधिकृत प्रभाकर भट्टराई दुबईको विमानस्थलमा समातिएका हुन् ।

भट्टराईसँगै अर्का एक जनालाई पनि विमानस्थलमा खटिएका सुरक्षाकर्मीले समातेको थियो । स्रोतका अनुसार भट्टराई र उनीसँग रहेका व्यक्तिले बोकेको डलरमध्ये धेरै जसो नोट नक्कली थिए । विमानस्थलमा खटिएका सुरक्षाकर्मीले उनीहरूलाई ५ घण्टाभन्दा बढी केरकार गरेका थिए ।

 

विमानस्थलमा उनीहरूले नेपालको सिभिल बैंकमा आफूहरूले डलर साटेको ‘स्लिप’ देखाउँदै उम्किन खोजेपनि सुरक्षाकर्मीले छोड्न मानेका थिएनन् । त्यसपछि दुबईमा बस्ने अर्का एक नेपाली युवाले आफू ‘ग्यारेण्टी’ बस्ने गरी आइडी कार्ड ‘धरौटी’ बुझाएपछि उनीहरू रिहा भएका हुन् ।

 

नेपाली अधिकारी नक्कली डलरसहित समातिएपछि दुबईको सुरक्षा निकायले पनि यो विषयलाई गम्भीरताका साथ लिएको बताइएको छ । नक्कली डलर बरामद भएपछि यूएईका सुरक्षा एजेन्सीहरूले यो ‘अवार्ड कार्यक्रमलाई सुक्ष्म ढंगले निगरानी गरिरहेका छन् ।

 

नक्कली डलर प्रकरणमा अमेरिकाको सिधा चासो रहन्छ । त्यसैले पनि यो विषयलाई दुबईले गम्भिर ढंगले लिएको छ । नेपालको सिभिल बैंकबाट साटिएको भनिएको डलर कसरी नक्कली भयो भन्ने विषयमा दुबईको सुुरक्षा निकायले नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान अगाडी बढाएको छ ।

न्युजकारखाना

प्रतिक्रिया

सम्बन्धित