डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी

Chandra Bhandari Hospital
काठमाडौं ।
बुद्धनगरस्थित घरमा बुधवार राति ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका सांसद डा। चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ।

ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ ।

३० प्रतिशत शरीर जलेका चन्द्रको आइसियुमा उपचार भइरहेको छ । आमाको ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको छ । तर चन्द्रको फोक्सोमा नै असर गरेकाले तत्काल भारत लैजाने तयारी भएको छ । चन्द्रको टाउको र दाहिने साइडमा बढी असर गरेको छ ।

परिवारका सदस्यका अनुसार बुधवार राति भान्साकोठामा ग्यास लिक भएको थाहा पाएपछि ८८ वर्षीय आमा हरिकला भण्डारी पुगेको समयमा विस्फोट भएको र उनलाई बचाउन गएको बेला चन्द्रलाई पनि आगो लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित